Comments Add Comment

शुभेच्छाको उत्तेजक स्क्यान्डलले काम गर्‍यो कि गरेन ?

suvekhya-thapa
शुक्रबारबाट प्रदर्शनमा आएका ४ चलचित्र मध्ये कसको व्यापार कस्तो छ त ? के चर्चा गरिएअनुसार ४ चलचित्र चले त ? सोमबार काठमाण्डौ लगायत देशभर परेको पानी र चिसो मौसमले पक्कै पनि ४ चलचित्रको व्यापारलाई असर पुर्‍याएको छ । तर, शुक्रबारदेखि आइतबारसम्म ४ चलचित्रको अवस्था के छ ?

निर्देशक राजु गिरी आफू निर्देशित चलचित्र ‘विन्दास ३’ले शनिबार गतिलो व्यापार गरेको बताउँछन् । काठमाण्डौका केही हलमा समस्या देखिएपनि अधिकांश हलमा चलचित्रले गतिलो व्यापार गरेको दाबी उनको छ ।

तर, प्रदर्शनमा आएका ‘विन्दास ३, कैफियत, सुपरहिट र कसैलाई नभन्नु ल’को व्यापार अपेक्षित छैन । जसमा ‘विन्दास ३’ केही अगाडि देखिएको छ । निर्देशक गिरीका अनुसार शुक्रबार र शनिबार मात्र चलचित्रले देशभरबाट २६ लाखको ग्रस कलेक्शन गरेको छ ।
‘कैफियत र सुपरहिट’को व्यापार औषत छ । अर्को चलचित्र ‘कसैलाई नभन्नु ल’ कमजोर देखिएको छ ।

चलचित्र प्रदर्शन अगाडि गोप्य अंगलाई खादाले छोपेर चर्चामा आएकी नायिका शुभेच्छा थापाको स्क्यान्डलले सामान्य काम गरेको छ भने ‘विन्दास’को सिक्वेल भएकाले पनि राजुलाई केही फाइदा भएको छ । नायिका नन्दिता केसी र नयाँ कलाकार शंकर शाही ठकुरीको अभिनय रहेको चलचित्र ‘कैफियत’को व्यापारलाई चित्त वुझाउने ठाउँ छैन । विनिता बरालको लामो समयपछि प्रदर्शनमा आएको चलचित्र ‘सुपरहिट’ पनि अपेक्षित चल्न सकेन ।

अर्को हप्ता प्रतिक्षित चलचित्र चलचित्र ‘क्लासिक, प्रेमगीत र चलेस बतास सुस्तरी’ रिलिज हुने भएकाले पनि चलचित्र  क्षेत्रको माहोल तात्ने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment