Comments Add Comment

बिराटनगरमा कोइराला क्याम्पलाई देउवाको चुनौती

Congress Biratnagar

२५ माघ, बिराटनगर । नेपाली कांग्रेसको उदगमस्थल एवं घघडान नेताहरुको जिल्लाका रुपमा चिनिने मोरङमा सभापतिका पदका लागि सुशील कोइराला पक्षबाट तीनजना उम्मेद्वार खडा भएका छन् । देउवा पक्षबाट एकजनामात्रै उम्मेद्वार बनेका छन् ।

संस्थापन पक्षका नेताहरु डा. मिनेन्द्र रिजाल, डा. शेखर कोइराला र महेश आचार्यले समेत लगातार प्रयास गर्दा पनि संस्थापन पक्षले साझा उम्मेद्वार खडा गर्न नसकेपछि देउवा पक्षले फाइदा उठाउने सम्भावना बढेको छ ।

जिल्ल्ाा नेतृत्व चयनका लागि सोमबार सुरु भएको जिल्ला अधिवेशनमा सभापति पदका लागि चार जनाले उम्मेद्वारी दर्ता गराएका छन् । देउवा पक्षबाट सांसद डिकबहादुर लिम्बु एकमात्रै उम्मेद्वार छन् । तर, संस्थापन पक्षबाट गोपालमानसिंह राजभण्डारी, केदार कार्की र मदन संग्रौला समेत तीन जनाले नाम दर्ता गराएका छन् ।

उत्तरी मोरङको लेटाङ घर भएका लिम्बू देउवा पक्षका बलिया उम्मेद्वार हुन् भने अन्य तीनै जना संस्थापन पक्षका हुन् । मोरङ ९ नम्बर क्षेत्रमा एमाओवाद निेता वगर्षमान पुनलाई प्रत्यक्ष चुनाव हराएका लिम्बुले उत्तरी मोरङको क्षेत्रीय भावनाका साथै जातीय मतसमेत आफूतिर आकषिर्त गर्ने सम्भावना रहेकाले कोइराला पक्षका लागि उनी बलियो चुनौती बनेका छन् ।
 
संस्थापनमा एकता प्रयास विफल

यसअघि संस्थापन पक्षका अन्य पाँचजना आकांक्षी थिए । पार्टीका शीर्ष नेताहरुको पहलमा सभापतिका आकांक्षीहरुको संख्या घटाइएको हो । सभापतिका एक आकांक्षी केशव दुलाल महाधिवेशन प्रतिनिधिको चुनावमै हारे ।

कांग्रेसका शीर्ष नेताहरुले संस्थापन पक्षवाट एकजना मात्रै उम्मेद्वार खडा पर्ने प्रयत्न गरे पनि युवा नेता केदार कार्कीले आफ्नो उम्मेदवारी फिर्ता नलिने अडान राखेपछि सहमति जुटाउने प्रयास असफल भएको  हो ।

कोइराला पक्षले बिराटनगरस्थित कोइराला निवासमा शनिवार र आइतवार पटक-पटक सभापति पदका लागि एक जनामात्र खडा गर्ने प्रयत्न गरेका थिए ।

डा.मिनेन्द्र रिजाल, महेश आर्चाय, आमोद उपाध्यय र डा.शेखर कोइराला लगायतले एकजनालाई मात्र उम्मेदवारी दिलाउन प्रयास गरेका थिए । तर, डा.शेखर कोइराला निकट मानिने केदार कार्कीले आफ्नो पक्षमा जनलहर रहेको भन्दै उम्मेदवारी फिर्ता नहुने अडान राखेका छन् ।
यद्यपि डा. शेखर कोइरालाले अन्तिम समयसम्म कार्कीको उम्मेद्वारी फिर्ता गराउन पहल गर्ने आश्वासन दिएको बताइएको छ ।

जिल्ला सचिव पदका लागि नागेश कोइराला, मानबहादुर लिम्बु, रोहितबहादुर कार्की र राजु मास्केले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै कोषाध्यक्ष पदका लागि विजेता अधिकारी, काशीनाथ चौधरी, गोपाल थापा, विशालकुमार गौतम र यज्ञबहादुर कार्कीले उम्म्ोद्वारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

कुल १ हजार १ सय ७२ जना प्रतिनिधिले सभापति, सचिव र कोषाध्यक्षमा मतदान गर्न पाउने नेपाली कांग्रेस मोरङले जनाएको छ । अन्तिम अवस्थामा पनि उम्मेद्वारहरु आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।  अहिले नेपाली कांग्रेसका केन्द्रीय  नेता तथा कार्यकर्ताहरु आदर्श उच्च मावि बिराटनगरको प्राङगणमा आफ्नो पक्षका नेतालाई जिताउन सक्रिय भएर लागेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment