Comments Add Comment

सन्नी लियोनीसँग नजिकिदै आमिर, आखिर के गर्न सक्छन् फिल्म ?

sunny-and-aamir-khan
पूर्व पोर्न स्टार सन्नी लियोनीले बलिउडमा पाइला राखेपनि उनको कदम सुखद हुन सकेको छैन । सन्नीले आफ्नो पोर्न छविलाई मेटाउनै सकेकी छैनन् । सन्नीले अभिनय गरेका अधिकांश चलचित्रमा उनको भूमिका भन्दा पनि जवानीको चर्चा हुन्छ । सन्नी यस्तै चलचित्रमा मात्र सिमित छिन् ।

अब, भने सन्नी लियोनीको करिअर फेरिने अड्कल भारतीय मिडियाको छ । सन्नी लियोनीलाई अहिले बलिउडका चर्चित नायक आमिर खानले साथ दिएका छन् । सन्नीसँग चलचित्र खेल्न आफूलाई कुनै गाह्रो नहुने र उनको विगतले आफूलाई केही फरक नपार्ने बताएर आमिरले चर्चा पाएका थिए ।

अब, उनै आमिर र सन्नीको भेट चलचित्रको छायांकन सेटमा पनि भएको छ । सन्नीसँग उनका पतिलाई बोलाएर आमिरले खान पनि एकसाथ खाएका थिए । यसपछि उनले सन्नीलाई आफ्नो चलचित्रको छायांकन सेटमा आउन आग्रह गरेका थिए । दिल्लीमा आफ्नो चलचित्र प्रमोशनका लागि पुगेकी सन्नीलाई आमिरले ‘दंगाल’को सेटमा भेेटेका थिए । सेटमा सन्नीसँग आत्मियता देखाउँदै आमिरले स्वागत गरेका थिए ।

सेटमा केही समय बिताएर फर्किएकी सन्नी लियोनी उत्साहित देखिएकी छिन् । के, आमिर खान सन्नी लियोनीसँग एकसाथ काम गर्दैछन्, सायद यी दुइले अब पर्दा शेयर गरे अचम्म नमान्दा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment