Comments Add Comment

नेपाललाई स्वर्णपदक दिलाउने निमाले निःशुल्क पढ्न पाउने

२५ माघ, सिलोङ । भारतमा जारी बाह्रौं सागमा नेपालका लागि पहिलो स्वर्ण पदक जित्ने निमा घर्तीमगरलाई काठमाडौंको गोल्डेनगेट इन्टरनेसनल कलेजले कक्षा ११ र १२ मा निःशुल्क पढाउने भएको छ ।

Purendra Bikram Lakhe
पुरेन्द्रविक्रम लाखे

नेपाल ओलम्पिक कमिटीका प्रथम उपाध्यक्ष समेत रहेका गोल्डेनगेट कलेजका बोर्ड अफ डाइरेक्टर पुरेन्द्रविक्रम लाखेले छात्रवृत्ति दिने घोषणा गरेका हुन् ।

सागमा सहभागि हुन सिलोङ आएका उनले निमालाई कक्षा ११ र १२ मा उनले पढ्न चाहेको विषय निःशुल्क पढाइदिने बताए ।

लाखेले भने, ‘म उनलाई जे पढ्न चाहन्छिन् त्यही पढाउँछु, यस्तो प्रतिभालाई पढाउने अवसर पाएँ भने म र मेरो कलेज गौरवान्वित हुनेछौं ।’

कक्षा ११ र १२ मा अध्ययन गर्न सो कलेजमा करीब २ लाख ५० हजार रुपैयाँ लाग्ने उनले बताए ।

यो पनि पढ्नुस्

१६ बर्षीया निमाले सागमा नेपाललाई दिलाइन् पहिलो स्वर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment