Comments Add Comment

जनसम्पर्क समिती कतार फुटको संघारमा

congress-quatarदोहा । नेपालमा महाधिबेशनको अन्तिम तयारीमा रहेको नेपाली कांग्रेसको बैदेशिक शाखा मध्येको एक जनसम्पर्क समिती कतार फुटको संघारमा पुगेको छ ।

महाधिवेशन प्रतिनिधि चयन गर्ने क्रममा बिमल सुवेदीको अध्यक्षतामा रहेको बर्तमान कार्यसमितीले क्रियाशिल सदस्यहरुलाई जानकारी समेत नदिई आफुखुसी प्रतिनिधि चयन गरेको भन्दै असन्तुसष्ट पक्षले मोहम्मद साकिर अलीको संयोजकत्वमा संघर्ष समितीनै गठन गरेको छ ।

आइतबार गरेको पत्रकार सम्मेलनमा संघर्ष समितीका संयोजक साकिर अलीले १३औ महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्दा मधेसको प्रतिनिधित्व नभएकोमा तीब्र असन्तुष्टि जनाएका थिए ।

कतारमा रहेका ५सय ४२ क्रियासिल सदस्यमध्ये झण्डै ४० प्रतिशत मधेसका छन । तर ७ जना प्रतिनिधि छनौट गर्दा मधेसका एकजनालाई पनि नपारिएपछि बिबादले उग्ररुप लिएको हो ।

“यो कोठे निर्णय नसच्याउने हो भने कतारमा जनसम्पर्क समितीको समानान्तर समिती गठन हुन्छ” अलीले भने

नेपालको संबिधान एवं नेपाली कांग्रेसको बिधान बमोजिम दलित, महिला, आदिवासी, जनाजाती, मुस्लीम एवं मधेसी समुुदायको आरक्षण कोटा एकातिर हुदाहुदै र अर्कातिर झण्डै ४० प्रतिशत क्रियाशिल सदस्य समेतको अवमुल्यन गरेको र निर्णय सच्चयाउन निबेदन दिँदा समेत सुनुवाई नभए पछि आफुहरु समानान्तर कमिटी बनाएर अगाडी बढेको संघर्ष समितीका सदस्य सुनिल मण्डलले बताए ।

गत २९ जनावरीमा जनसम्पर्क समिती कतारले बिमल सुबेदी, बदि्रप्रसाद पाण्डे, नरेन्द्र बहादुर भाट, धिरज चाम्लिड, क्रान्ति सिंह, भिम बलायर र मोहम्मद अजिज अली गरि ७ जनालाई महाधिवेसन प्रतिनिधि तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment