Comments Add Comment

कांग्रेस नवलपरासीको सभापतिमा जिसी र लामिछाने, कँडेलको समर्थन लामिछानेलाई

Bishnu-Lamichhane-&-Mahendra-Dhwoj-GC

रामकुमार श्रेष्ठ

२५ माघ, नवलपरासी । नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापतिका संस्थापन पक्षका जिल्ला नेता विष्णु लामिछानेले देउवा पक्षबाट उमेदवारी दिएका छन् । महेन्द्रध्वज जिसीले संस्थापन पक्षबाट जिल्ला सभापतिमा उमेदवारी दिएपछि विष्णु लामिछाने देउवा पक्षबाट चुनावी मैदानमा उत्रिएका हुन् ।

जिसी नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव एवम् पूर्वसभासद हुन् भने लामिछाने तत्कालिन जिल्ला सचिव हुन् । देउवा पक्षबाट वर्तमान जिल्ला सभापति देवेन्द्रराज कंडेलले उम्मेदवारी दिने घोषणा गरेपनि उनले लामिछानेलाई समर्थन गरेका छन् ।

दुबैको जित्ने दाबी

लामिछानेले भने आफू कुनै पनि पक्षको नभएको बताएका छन् । लामिछानेले देउवा पक्षबाट उमेदवारी दिएपछि नवलपरासीमा संस्थापनपक्ष भित्र खैलाबैला मच्चिएको छ ।

लामिछानेले संस्थापन पक्षको पनि भोट काट्ने र देउवा पक्षको पनि समर्थन पाउनेछन् । त्यसमाथि पनि मिथुकरम निवासी लामिछाने परासी क्षेत्रमा बसेर राजनीति गरेका कारण पहाड र मधेसको भोट समेत आउने भएकाले लामिछानेलाई सभापति पद हत्याउन सजिलो हुने अनुमान जिल्लाका कांग्रेसीजनको छ ।

त्यस्तै सभापतिका अर्का उमेदवार जिसीले आफू लामो समयदेखि पार्टीमा कटिबद्ध भएर लागेको र प्रतिनिधिहरुको आकांक्षा पनि सभापतिमा आउनु भन्ने रहेकाले आफ्नो जित निश्चित रहेको बताएका छन् ।

लामिछानेको प्यानलमा सचिवमा राजेन्द्रकुमार साहानी र कोषाध्यक्षमा दानबहादुर वाकवल मगरले उमेदवारी दिएका छन् । त्यस्तै जिसीको प्यानलबाट सचिवमा विक्रम यादव र कोषाध्यक्षमा ओमप्रकाश सापकोटाले उमेदवारी दिएका छन् ।

नेपाली कांग्रेस नवलपरासीको नयाँ नेतृत्वका लागि परासीमा मतदान भएको छ । जिल्ला अधिवेशनमा १ हजार ७९ जना प्रतिनिधिहरु सहभागी छन् । अन्तिम मत परिणाम मंगलबार विहानसम्म आउने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment