Comments Add Comment

मैले कांग्रेसको नेतृत्व पाए मधेस समस्या समाधान हुन्छः देउवा

Sherbahadur Deuba

२५ माघ, काठमाडौं । पार्टी सभापतिको उम्मेद्वारी दिने तयारीमा रहेका कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले आफुलाई सभापतिमा सहयोग गरे पार्टी एकता र देशमा जारी मधेस लगायतको समस्या समाधान हुने दावी गरेका छन् ।

कांग्रेस जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै बरिष्ठ नेता तथा देउवाले समयानुकुल निर्णय गर्न नसक्दा नेपाली कांग्रेसले धेरै कुरा गुमाएको तर्क गरे ।

उनले केपीओली नेतृत्वको सरकारमा सहभागी नहुँदा भूकम्पपछिको पूनर्निर्माण प्राधिकरण एमालेले कब्जा गरेको, राजदूत नियुक्ति कांग्रेसको हातबाट फुत्किएको बताए ।

सरकार एकलौटी ढंगले अगाडी बढेकाले त्यसको प्रतिकार गर्नुपर्ने देउवाको भनाई छ ।

देउवाको भनाईमा सहमत देखिएका कांग्रेसका युवा नेता गगन थापाले नेपाली कांग्रेसले पटक पटक उपलब्धि हासिल गरेर पनि त्यसलाई जोगाउन नसकेको बताए ।

कांग्रेस युवा नेता थापाले पटक पटकको आन्दोलन र अग्रगमनको लागि अन्य पार्टीले कांग्रेसलाई उपयोग गरेर छाडिदिने गरेकाले कांग्रेसको आसन्न महाधिवेशन एकता र उपलब्धिको आधार जोगाउन तागत बन्नुपर्ने बताए ।

त्यस्तै कांग्रेस महामन्त्री प्रकाशमान सिंहले कांग्रेसले नेतृत्व गरेका आन्दोलनको उपलब्धि अहिलेसम्मका नेतृत्वले जोगाउन नसकेकाले पार्टीलाई सवल नेतृत्वको आवस्यकता औल्याए ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिको सभापति, सचिव र कोषाध्यक्ष पदको निर्वाचन भोलि हुनेछ । भोलि बिहान ९ देखि १० बजेसम्म मनोनयन दर्ता हुनेछ भने दिउँसो १२ देखि २ बजेसम्म मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment