Comments Add Comment

मोरङ-सुनसरी समाज कतारको बृहत बनभोज सम्पन्न

Qatar-Banvoj

घनश्याम पराजुली (कृष्ण)

दोहा । मोरङ-सुनसरी सेवा समाज कतारले सदस्यता वितरण, नविकरण तथा बृहत बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

उमसलाल मोहम्मद स्थित अलदानाको रमणीय पार्कमा आयोजना गरिएको कार्यक्रममा सांगीतीक तथा खेलकुद कार्यक्रम समेत समावेश गरिएको थियो ।

संस्थाका अध्यक्ष टिएन बरालको सभापतित्व रहेको कार्यक्रमलाई संस्थाका सचिव चिरन्जिवी तिम्सिनाले सन्चालन गरेका थिए । राष्ट्रिय गानसँगै उद्घाटन गरिएको कार्यक्रममा संयोजक तेज कटुवालले स्वागत मन्तव्य राखेका थिए । गोबिन्द कटुवालले स्वागत गीत मार्फत दर्शकहरुलाई स्वागत गरे ।

खेलकुद कार्यक्रम अन्तरगत संस्थाका कार्यसमिती पदाधिकारी र सल्लाहकार समिती विच फुटबल खेल सम्पन्न भएको थियो । फुटबलमा कार्यसमितीको टिम विजयी बन्यो ।

त्यस्तै म्युजिकल चियर, हाँडी फुटाउने र अचम्मको पोको जस्ता खेलकुदले उपस्थित दर्शकहरुलाई मनोरन्जन प्रदान गरेको थियो ।

कार्यक्रममा विश्वव्यापिकरणमा मोरङ्ग-सुनसरी सेवा समाजको भुमिका बारे सल्लाहकार तथा एनआरएनए आईसीसी सदस्य बिनोद भट्टराईले प्रष्ट पारेका थिए ।

Qatar-Banvoj-1

सल्लाहकार संयोजक लोक बहादुर तामाङ्गले संस्थाको चिनारी बारे बोलेका थिए ।

कतारमा रहेका मोरङ्ग र सुनसरी जिल्लावासीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा गैरआवासीय नेपाली संघका मध्यपूर्व उपसंयोजक उमेश अधिकारी, संस्थाका बरिष्ठ सल्लाहकार चानक पोखरेल र टिबी कार्की, सल्लाहकारहरु सरोज बास्तोला, यमकान्त गौतम, कुमार कार्की, राजु भट्टराई, दिलकिरण खजुम, धिरज चाम्लिङ्ग, गोपाल बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

बनभोज कार्यक्रममा कतारमा बस्दै आएका कलाकारहरु देवराज न्यौपाने , गोबिन्द कटुवाल , अशोक कटुवाल , शिव नारायण लगायतले सांगीतीक प्रस्तुती राखेका थिए । त्यस्तै निर्मल रिजाल, अनु राउत र अश्मी बजगाईको नृत्य प्रस्तुती रहेको थियो ।

‘मोसुको चाहना सब्य र समृद्ध समाजको स्थापना’ भन्ने मूल नाराका साथ सन् २००१ मा स्थापना भएको यो सस्था दोहाको एउटा परिचित नाम हो । समाज सेवाको क्षेत्रमा  स्थापना कालदेखि नै सामाजिक सेवामा समर्पित यो सस्था भित्र झन्डै ५०० भन्दा बडी साधारण सदस्य रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment