Comments Add Comment

चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी भरतपुरमा शुरु

Chitwan-Festival

राजेन्द्र आचार्य
२५ माघ, चितवन । चितवन उद्योग संघको आयोजनामा सोमबारदेखि चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी फागुन २ गतेसम्म चल्नेछ ।

प्रदर्शनी उदघाटन गर्दै उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जनताका प्रतिनिधिले बनाएको संविधान देशले पाइसकेकाले अब अर्थतन्त्र सुदृढ पार्न सबै लागिपर्नुपर्ने वताए ।

चितवन उद्योग संघका अध्यक्ष एवम् प्रदर्शनी मूल आयोजक समितिका संयोजक भीमबहादुर पाण्डेले चितवनमा स्थायी प्रदर्शनी स्थल निमार्णका लागि माग गरेका थिए ।

धुलो धुवाँरहित २ सय स्टल

प्रदर्शनीमा विभिन्न प्रकारका करिव २०० स्टलहरु रहने छन् । यसपटक धुलो धुवाँरहितका स्टल निर्माण गरिएका छन् । जसले गर्दा दर्शक र प्रदर्शक दुबैलाई सहज भएको छ ।

Chitwan-Festivalप्रदर्शनीमा विशेषगरी उत्पादनमुलक उद्योग परिसर, निर्माणजन्य उद्योग परिसर, कृषिजन्य उद्योग परिसर, सेवा/प्रविधिजन्य उद्योग परिसर, विविध व्यापारीक परिसर रहने बताइएको छ ।

त्यस्तै पोल्ट्रीजन्य उत्पादन, मौरीजन्य उत्पादन,  ताजा माछा र माछाजन्य उत्पादन, मेशिनरीहरु, फर्निचरहरु, प्लाष्टिकका उत्पादनहरु, इलेक्टि्रकल एण्ड इलेक्ट्रोनिक्स इकयुप्मेन्ट्स, तयारी पोशाक, गलैचा, हस्तकला, खेलौना, माटाका सामानहरु, कृषि तथा भेटेरिनरीजन्य औषधिहरु रहने प्रचार-प्रसार समितिका संयोजक मदन घिमिरेले जानकारी दिए ।

यसैबीच विगतका वर्षहरुझै यसपटक पनि राष्ट्रिय औद्योगिक प्रदर्शनी अन्तरगत ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी डान्सिङ स्टार-२०७२’ को अडिसन मंगलबारदेखि सुरु हुँदैछ ।

होटेल स्टार व्यान्क्वेट भरतपुरमा हुने प्रारम्भिक छनौट चरणमा ३५ जनामध्येबाट १२ जना छनौट गरिने कला तथा साँस्कृतिक समितिका सदस्य युवराज श्रेष्ठले जानकारी दिए ।

उनीहरुले क्रमशः प्रदर्शनी अवधिभरमा आफ्नो प्रतिभा देखाउन पाउनेछन् । सोही आधारमा प्रदर्शनीको अन्तिम दिन राष्ट्रिय औद्योगिक प्रदर्शनी डान्सिङ स्टार २०७२ घोषणा गरिनेछ । सो प्रतियोगितामा उच्च मावि र कलेजका विद्यार्थीहरुले एकल प्रस्तुतिको रुपमा सहभागिता जनाउन पाउने छन् ।
डान्सिङ स्टारको उपाधि विजेताले नगद २५ हजार, उपबिजेताले १५ हजार र तृतीय हुनेले नगद १० हजार पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment