Comments Add Comment

१२औं सागमा गौरिकालाई दोश्रो काश्य

२५ माघ, सिलोङ । १२औं दक्षिण एसियाली खेलकुद (साग) मा गौरीका सिंहले पौडीतर्फ दोस्रो काश्य पदक जितेकी छन् ।

Gaurika-Singhसागको इतिहासमा अहिलेसम्म व्यक्तिगत स्पर्धामा एउटा पदक जित्न नसकेको नेपालका लागि गौरीकाले एकै प्रतियोगितामा दुई काश्य पदक दिलाएकी हुन् ।

उनले सोमबार भएको एक सय मिटर व्याक स्ट्रोकमा उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्दै पदक जितेकी हुन् ।

निर्धारित एक सय मिटर एक मिनेट ०७ दशमलव ३१ सकेण्डमा पार गर्दै काश्य जितिन् । यसअघि उनकै नाममा १ मिनेट ०८.१२ सकेण्डको राष्ट्रिय कीर्तिमान थियो ।

आजै भएको ४ सय मिटर पौडीमा शिरिस गुरुङले राष्ट्रिय कीर्तिमान सुधार गरे । उनले ५ मिनेट ०९.४९ सेकेण्डमा उक्त दुरी पार गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

महिला भलिवलमा नेपाल पराजित

यसैबीच, गुवाहाटीमा आज भएको महिला भलिवलमा नेपाल पराजित भएको छ । नेपाल आयोजक भारतसँग ३/० को सोझो सेटमा पराजित भएको हो ।

व्याडमिन्टनमा पनि नेपाललाई काश्य

सागमा नेपालले व्याडमिन्टनमा काश्य पदक जितेको छ । व्याडमिन्टनको टिम इभेन्टको सेमिफाइनलमा श्रीलंकासँग पराजित हुँदै नेपालले काश्य पदकमा चित्त बुझाएको हो ।

सेमिफाइनल स्पर्धामा नेपाल श्रीलंकासँग ३-० को सोझो सेटमा पराजित भयो । नेपालकी तामाङ दिदी-बहिनी सारादेवी र नङ्सल तामाङ श्रीलंकाकी काविन्दी र थिलिनीसँग पराजित भए ।

यसअघि नेपालले क्वाटरफाइनलमा अफ्गानिस्तानलाई ३-० को सोझो सेटमै पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

अहिलेसम्म नेपाललाई १४ पदक

साग गेम्सको पाँचौं दिनसम्म नेपालले १४ पदक जितेको छ । नेपालले पछिल्लो नतिजा अनुसार १ स्वर्ण, ४ रजत र ८ काश्य जितेको छ ।

उसुमा १ स्वर्ण र ३ रजत, भारत्तोलनमा १ रजत र २ काश्य, कुस्ती, पौडी र  व्याटमिन्टनमा २/२ काश्य तथा टेबलटेनिसमा १ काश्य पदक जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment