Comments Add Comment

राष्ट्रिय सरकार गठनमा प्रचण्डको जोड

२५ माघ, विराटनगर । एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नु पर्नेमा जोड दिएका छन् ।

Prachandaधनकुटा जाने क्रममा सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने-‘सवै समस्या राष्ट्रिय सरकारमार्फत समाधान गर्न सकिन्छ ।’ नयाँ संविधान कार्यान्वयन तथा कानुन निर्माणका लागि पनि राष्ट्रिय सरकार चाहिने उनले बताए ।

आफूले यो सरकारलाई विस्थापित गर्ने नभनेको भन्दै उनले यहि सरकारमा प्रमुख राजनितिक दलहरु सम्मिलित भए राष्ट्रिय स्वरुप दिन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment