Comments Add Comment

पाकिस्तानलाई हराउँदै वेष्टइण्डिज सेमिफाइनलमा

West-Indies

२५ माघ, काठमाडौं । पाकिस्तानलाई ५ विकेटले हराउँदै वेष्ट इण्डिज यू-१९ विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले उमर मसूदको शतकको मदतमा ५० ओभरमा ६ विकेट गुमाएर २२७ रन बनायो । निकै खराव सुरुवात गरेको पाकिस्तानले ५७ रन जोड्दा ५ विकेट गुमाएको थियो ।

तर, मसूद र सलमान फैजले पारी उकासे । उनीले छैटौं विकेटका लागि १६४ रनको साझेदारी गरे । मसूद ११३ रनमा आउट भए भने फैस ५८ रनमा अविजित रहे ।

जवाफमा वेष्टइण्डिजले ४० ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि टेभिन इम्लेकले ५४ र शिम्रोन हेटमायरले ५२ रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment