Comments Add Comment

नाकाको धर्ना स्थागित गर्ने निर्णयको प्रधानमन्त्रीद्वारा स्वागत

२५ माघ, काठमाडौं । मधेसी मोर्चाले सीमा नाकाको धर्ना स्थगित गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । उनले वार्ताका लागि समेत सबैलाई आहृवान गरेको छन् ।

KP OLiओलीले भनेका छन्, ‘मोर्चाले ‘आम हड्ताल, नाका अवरोध र सरकारी कार्यालय बन्दलाई तत्कालका लागि स्थगित गर्ने’ भनी गरेको निर्णयको म स्वागत गर्दछु ।’

प्रधानमन्त्री ओलीले मुलुकका समस्याहरुको सवैले मिलेर समाधान गर्नु पर्नेमा समेत जोड दिएको उनको निजी सचिवालयले जनाएको छ ।

‘जे जति विवाद र असहमतिका विषय छन्, ती वार्ता र सम्वादबाटै हल गर्न सकिनेमा म विश्वस्त छु’ उनले भनेका छन्-‘त्यस निम्ति म सम्बन्धित सबैमा आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment