Comments Add Comment

डा. गोविन्द केसीको अनसन ३ साताका लागि स्थगित

Dr.-Govinda-KC

२५ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोबिन्द केसीले आमरण अनसन तीन साताका लागि स्थगित गरेका छन् ।

सरकारले माग पूरा गर्ने दिशामा सकारात्मक काम गरिरहेको भन्दै केसीले फागुन १७ गतेसम्मका लागि अनसन स्थगित गरेका हुन् । चिकित्सा क्षेत्र सुधारका बिभिन्न माग राख्दै केसीले सोमबारदेखि फेरि अनसन बस्ने घोषणा गरेका थिए ।

‘नागरिक समाजले संगठित र उदाहरणीय रुपमा यो क्षेत्रमा सुधारको मागलाई अभियानकै रुपमा उठाएको छ जुन अत्यन्त प्रशंसनीय छ । सो अभियानका अगुवाहरुले यसबीच हाम्रा माग पूरा गर्ने दिशामा सकारात्मक कामहरु भइरहेकाले तिनलाई निष्कर्षमा पुर्‍याउन थप केही दिन राज्यलाई दिन आग्रह गर्नुभएको छ । सो आग्रहलाई ध्यानमा राखेर आजदेखि मैले शुरु गर्ने भनेको आमरण अनशनको कार्यक्रम तीन साताका लागि स्थगित गरेको जानकारी गराउन चाहन्छु,’ केसीले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

केसीले तीन साताको अवधिमा विवादास्पद प्रतिष्ठान सम्बन्धी विधेयक फिर्ता लिने, चिकित्सा शिक्षाको अनियमितता र भ्रष्टाचारमा न्यायालय मुछिएको भन्ने आरोपहरुमाथि छानविन अघि बढाउने, विश्वविद्यालयहरुमा नियुक्ति गर्दा राजनीतिक भागबण्डा अन्त गर्न माग गरेका छन् ।

यी सबै मागहरु पूरा नभएमा फागुन १७ गतेदेखि फेरि आमरण अनशन सुरु गर्ने केसीले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment