Comments Add Comment

हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक

hetauda-intl-goldcup
२५ माघ, हेटौंडा । फागुन १ देखि ८ गतेसम्म हेटौंडामा हुने ‘हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता’ को खेल तालिका सार्वजनिक भएको छ ।

प्रतियोगिता आयोजक सुमन भोम्जन स्मृति खेल प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गरी खेल तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार पहिलो दिन आयोजक टोली रिगल हेटौंडा रिसोर्टविरुद्ध भुटानको भुटान क्लिरिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली सेनाको नेपाल आर्मी र काठमाडौंको सरस्वती युवा क्लबबीच फागुन २ गते दिउँसो साढे दुई बजे वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा भिडन्त हुनेछ ।

दुवै खेलको विजेताले फाइनल प्रवेशका लागि अन्तिम चारमा प्रतिस्पर्धा गर्नेछन् । लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी र भारतको सिलिगुरी कञ्चनजंगा क्लबबीच फागुन ३ गते तथा सशस्त्र प्रहरीको एपीएफबिरुद्ध पोखराको सहारा फुटबल क्लबबीच फाुगन ४ गते प्रतिस्पर्धा हुनेछ ।

यी दुई खेलको विजेताले सेमिफाइनलमा भिडन्त गर्नेछन् । प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समिति महवानपुरका अध्यक्ष माधव तिमल्सिनाले आयोजक प्रतिष्ठान अध्यक्ष भेष खड्कीलाई १ लाख रुपैयाँ हस्तान्तरण गरे ।

पूर्व ‘ए’ डिभिजन खेलाडी विवेक गुरुङले प्रतियोगिताका लागि दशहजार रुपैयाँ सहयोग गरेका छन् । उनी हाल रोजगारीको सिलसिलामा दुबईमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment