Comments Add Comment

यस्तो छ अनेरास्ववियुको महाधिवेशन आचारसंहिता

२५ माघ, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले २२ औं राष्ट्रिय महाधिवेशनमा उम्मेद्वारहरुका लागि आचारसंहिता जारी गरेको छ ।

Dipak-Gautam-and-Nabina-Lama
दीपक गौतम र नविना लामा

अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशन माघ २७ गते काठमाडौमा सुरु हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उदघाटन गर्नेछन् । अनेरास्ववियुको अध्यक्ष पदमा नविना लामा र दीपक गौतमले दाबी गर्दै आएका छन् । लामा संस्थापन पक्षको र गौतम माधवकुमार नेपाल पक्षका हुन् ।

आचारसंहितामा के छ ?

अनेरास्ववियुले उम्मेद्वारहरुले प्रचारका लागि नारा, जुलुस, र्‍याली निकाल्न नपाउने तथा कुनै पनि प्रकारका प्रकाशनहरु गर्न नपाउने गरी आचारसंहिता जारी गरेको हो । अनेरास्ववियुले प्रचारका लागि उम्मेद्वारहरुलाई ज्याकेट, टिसर्ट, टोपी, कलम, डायरी, झोला लगायतका सामाग्री वितरण गर्न तथा तुल र ब्यानर टाँग्न प्रतिबन्ध लगाएको छ ।

अनेरास्ववियुले सोमबार पत्रकार सम्मेलन गरी सर्वसम्मत नेतृत्व चयन हुन नसकि निर्वाचन हुने अवस्थामा निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि उम्मेद्वारले प्रकाशन गर्न नपाउने गरी आचार संहिता जारी गरेको जानकारी दिएको छ । आचारसंहितामा परिचय खुल्ने भिजिटिङ कार्ड र ‘ए फोर’ आकारको सामान्य हाते पर्चा वितरण गर्न भने छुट दिइएको छ ।

यसवाहेकका गतिविधि गर्ने उम्मेद्वारको हकमा आचारसंहिता उल्लंघन गरे उम्मेदवारी नै खारेज गरिने अनेरास्ववियुले जनाएको छ ।

१ हजार ५ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनको सबै तयारी पूरा भएको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई सुन्धारा, बागबजार र नयाँ बजारस्थित होटलहरुमा राख्ने र बसेकै होटलमा खाना खाने व्यवस्था मिलाइएको पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment