Comments Add Comment

रिस उठेपछि आँशु आउँछः प्याकुली

januka-pakuli

काठमाडौं । हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’ मा प्याकुली भाइरस भनेर चिनिने जानुका पौड्याल केसी अहिले गृहणी बनेर दैनिकी बिताउँदैछिन् ।

‘मेरी बास्सै’ मा रहर पुग्नेगरी काम गर्न नभ्याएकाले अरु सिरियलमा चासो नदिएको बताउने जानुका फेरि ‘मेरी बास्सै’ मै जम्ने योजनामा छिन् ।

विभिन्न जिल्लामा हुने साँस्कृतिक महोत्सबमा सहभागी हुँदै आएकी जानुकाले केही म्यूजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । उनैसँग अनलाइनखबरका लागि गरिएको छोटो कुराकानीः

नयाँ सिरियल तिर लाग्नु भएको छैन ?
अहँ छैन । मेरी बास्सै फेरि आउने कुरा छ त्यही भएर अन्त लागेकी छैन । मलाई मेरी बास्सैमा रहर पुगेकै छैन । त्यही भएर अरुतिर चासो दिएकी छैन ।

जिल्लाहरुमा हुने महोत्सवमा सहभागी हुन थाल्नु भएको हो ?
भर्खरै रत्ननगर महोत्सवमा सहभागी भएर आएँ । सिरियल प्रशारण भैरहेको भए अलि बढी निम्तो आउथ्यो होला । महोत्सवहरुवाट पनि त्यति धेरै प्रस्ताव आएको छैन ।

अचेल के गर्नुहुन्छ ?
अहिले त म शुद्ध गृहणी हो । छोरा र श्रीमानको स्यहार गरेरै दिन बित्छ ।

छोरा कति वर्षको भयो ?
साँढे तीन वर्षको भयो । स्कुल जान्छ ।

छोरा र श्रीमान कसको धेरै माया लाग्छ ?
दुबैको ।

श्रीमानसँग ठाकठुक कत्तिको पर्छ ?
ठाक ठुक त परिहाल्छ नि । ठाक ठुक परेन भने त के मज्जा भो र ?

कति दिनसम्म बोलचाल हुन्न ?
दुई दिन जति ।

फकाउन को सिपालु छ ?
दुबै उस्तै उस्तै हो । एक दुई दिनपछि आफैं बोल्न मन लाग्छ ।

ठाकठुक चाँही के कारणले पर्छ ?
त्यत्तिकै ।

आमा र सासु कसको बढी माया लाग्छ ?
आमाको । सासुको पनि उत्तिकै लाग्छ ।

januka-pakuli-2

घर र माइती कता बढी फोन गर्नु हुन्छ ?
म विना काम कसैलाई पनि फोन गर्दिन । काम पर्‍यो भने जता पनि गर्छु ।

घर र माइती कुन रमाइलो ?
मलाई त घर नै रमाइलो लाग्छ ।

श्रीमानलाई ससुराली जाम भनेर कत्तिको कर गर्नुहुन्छ ?
टाढा छ रामेछाप । म आफैं त जान्न के श्रीमानलाई कर गर्नु । मेरो मामाघर घर नजिकै भएकाले माइतीको न्यास्रो लाग्यो भने मामाघर जान्छु ।

तपाईको नराम्रो बानी ?
म अलि छिटो झनक्क रिसाउँछु ।

अनि श्रीमानको ?
उहाँ असाध्यै कम बोल्नुहुन्छ ।

रिस उठेको बेला के गर्नुहुन्छ ?
केही गर्दिन । बरर आँशु आउँछ । एकछिन रोएपछि रिस मर्छ ।

घरको काम गर्न कत्तिको जाँगर लगाउनुहुन्छ ?
एक दमै जाँगरिलो छु । कसैले कम्प्लेन गर्दैन ।

खाना पकाउन अल्छी लाग्दैन ?
लाग्दैन । मलाई त रमाइलो लाग्छ । मैले पकाएको खानेकुरा एकदमै मिठो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment