Comments Add Comment

सोमबारको टप १० समाचारः महतोविरुद्ध मोर्चाबन्दीदेखि चीनको प्राथमिकतासम्म

आज सोमबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. राजेन्द्र महतोविरुद्ध मोर्चाबन्दी, सचेत गराउने तीन अध्यक्षको निर्णय 

मधेसी मोर्चाका तीन दलले राजेन्द्र महतोविरुद्ध मोर्चाबन्दी गरेका छन् । मोर्चामा आबद्ध तीन दलले आन्दोलनमा क्षति पुर्याएको भन्दै सदभावना अध्यक्ष राजेन्द्र महतोलाई अब उप्रान्त यस्तो नगर्न सचेत समेत गराएका छन् ।

२. कांग्रेसमा पुस्तान्तरः ४० वर्षमुनिका नेता भेट्न मुस्किल !

congress

एक जमानामा कांग्रेसका नेताहरुले भन्ने गर्थे – ‘कुनै पनि व्यक्ति २५ वर्षको उमेरसम्म कम्युनिष्ट बन्छ, तर २५ कटेपछि ऊ कांग्रेसमा आउँछ ’ तर, यतिबेला १३ औं महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा २५ मात्रै होइन, ४० वर्षमुनिका नेताहरु पाउनै मुस्किल हुन थालेको छ ।

३ नायिका नेहा हत्या प्रकरणः घुम्न जाने प्रस्ताव नमानेपछि हेलमेटले हानेर हत्या

लेकसाइडमा गएर रमाइलो गर्ने प्रस्ताव अस्वीकार गरेपछि मगर फिल्मकी नायिका नेहा (योरुना) पुनको हत्या भएको खुलेको छ । हत्या अभियोगमा सतीश भनिने कृतन खड्गीलाई प्रहरीले पक्राउ गरेको छ ।

४. दिल्लीलाई अर्थमन्त्रीको सन्देशः ओलीको भ्रमणपूर्व राजनीतिक संयन्त्र बन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका लागि वातावरण बनाउन अर्थमन्त्री विष्णु पौडेल अहिले दिल्ली दौडाहामा छन् । दिल्लीले प्रधानमन्त्री ओलीलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्ने लगभग पक्का भएको छ ।

५. आर्यनको एक लाखको आइफोन फर्काउने युवकसित आफ्नो मोबाइल छैन

फिल्म क्लाइमेक्समा पुग्दै गर्दा १० बजेर ५ मिनेटमा ‘सेकिङ मल’ मा परिणत भयो राइजिङ मल । ‘आयो…आयो’ भन्दै दर्शकहरु उफ्रिन थाले । एकैछिनमा भूईंचालो थामिएपछि आर्यन आईफोन र श्रीमतीलाई च्यापेर गेटबाट बाहिर दगुरे ।

६. रक्सौल डिपोले दियो ३ लाख ६८ हजार लिटर तेल

भारतीय आयल कर्पोरेशन (आईओसी) ले आजदेखि रक्सौल डिपोबाट तेल  दिन थालेको छ । आईओसीले आज मात्र ३ लाख ६८ हजार लिटर तेलको लोडिङ दिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

७. मजदुरी भिसामा युएई आएका नेपाली तीन रेस्टुरेन्टका मालिक

एक स्टिल कम्पनीमा मजदुरका रूपमा काम गर्न उनी युएई आएका थिए । मासिक तलब आठ सय दिराम भनिएको थियो । तर, उनले पाँच सय मात्रै पाए ।

८. तारे होटलमा घोषित ५५ अर्ब लगानी अनिश्चित

भूकम्पअघि धेरैजसो व्यवसायिक घरानाहरु होटलमा प्रवेश गर्ने योजना बुनिरहेका थिए । कतिपयले लगानीको घोषणा गरिसकेका थिए भने कतिपय घोषणा गर्ने तयारीमा थिए । भूकम्पपछि भने होटलमा नयाँ लगानी घोषणा भएको सुन्नमा आएको छैन ।

९. बढुवा भएका २१ सहसचिवको पदस्थापन, ४ सहसचिवको सरुवा (सूचीसहित)

माघ २० गते मन्त्रिपरिषद बैठकले जेष्ठताका आधारमा प्रशासन समूहका २१ र लेखापरीक्षण समूहबाट एक गरी २२ उपसचिवलाई सहसचिवमा बढुवा गरेको थियो । थप २० जना उपसचिवलाई कार्यक्षमता मूल्यांकनका आधारमा सहसचिवमा बढुवा गर्ने अन्तिम तयारी भैरहेको छ ।

१०. चीनको प्राथमिकता नेपाल हो कि भारत ?

भूकम्पको घाउमा खाटो बस्न नपाउँदै हामीमाथि नाकाबन्दीजस्तो अत्यन्तै क्रुर अत्याचार गरियो । भारतले हामीलाई दुःख दिइरहँदा चीनले हामीलाई सहयोग गर्‍यो त ? अहिले हाम्रो मनमा यो प्रश्न उब्जिएको छ ।

र,यो पनि

मलेसियामा राजेश हमालको नेताजस्तो भाषण

महानायक राजेश हमाल यतिबेला मलेसियामा छन् । उनले आइतबार एक सांगीतिक कार्यक्रममा नेताले जस्तै भाषण दिए । उनले परदेशमा बसेर श्रम गर्नेहरुलाई राज्यले सम्वोधन गर्नु पर्ने माग गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment