Comments Add Comment

कांग्रेस महाधिवेशनको सम्पूर्ण प्रक्रिया स्थगित

Nepali_congress

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसले १३औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया स्थगित गरेको छ ।

पार्टी सभापति सुशील कोइरालाको आकस्मिक निधन भएपछि सम्पूर्ण प्रक्रिया अनिश्चित कालका लागि स्थगन गरिएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।

कांग्रसले विहान ११ बजे आकस्मिक बैठक बोलाएको छ ।

कांग्रेसको अधिकांश जिल्ला अधिवेशनहरु सोमबार सम्पन्न भएको थियो भने कतिपय जिल्ला अधिवेशनहरु केहि दिन पछि तय भएका थिए । कांग्रेसको १३औं महाधिवेशन फागुन २४ देखि २६ गते सम्म काठमाडौंमा गर्ने तय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment