Comments Add Comment

दिउसोको तिन बजे सम्भोगका लागि उत्तम

sexसहवासका लागि सबैभन्दा उत्तम साइत कुन समय होला ? रातको ८।९ बजे, बिहानको ३।४ बजे यस्तै यस्तै जवाफ दिनुहोला । तर होइन । विज्ञहरुका अनुसार रात वा बिहान झिसमिसे होइन की सहवासका लागि अपरान्ह तिन बजेको समय सबैभन्दा उत्तम हुन्छ ।

बेलयाती हर्मोन विशेषज्ञ एलिसा भिट्टीका अनुसार महिला र पुरुषका लागि सहवासको सबैभन्दा उत्तम समय भनेको दिउसोको ३ बजे हो । यद्यपि यो समयमा हामी धेरै आफ्नो घर वा कार्यालयको काममा व्यस्त हुन्छौँ र धेरैका लागि यो समयमा सहवास गर्नु सम्भव नहुन पनि सक्छ ।

तथापि यदि मौका मिल्ने हो र पर्याप्त योजना तथा तयारी गर्न सक्नेे हो भने दिउसो तिन बजेको समयमा गरिने सहवास सबैभन्दा आनन्ददायी तथा उत्तम हुने विज्ञको भनाइ छ । उनका अनुसार दिउसोको यो समयमा महिलाको जिउ सर्वाधिक फुर्तिलो तथा ससक्त बनेको हुन्छ र कोर्टिसोल हर्मोनको मात्रा पनि उच्च हुन्छ ।

त्यस्तै पुरुषमा भने ओस्ट्रोजेन हर्मोनको मात्रा उच्च हुन्छ । त्यसैले ३ बजेको समय सहवासमा सन्तुष्टिको लागि सबैभन्दा उपयुक्त समय हो । हुनत पुरुषमा बिहानको समयमा टेस्टेस्टेरोन हर्मोनको मात्रा सबैभन्दा उच्च हुने भएकाले बिहानको सम्भोग उनीहरुका लागि सबैभन्दा उपयुक्त हुनसक्छ ।

तथापि महिला पार्टनरको पनि आनन्द वा दुबैजनाको सक्रियता तथा यौनसुखलाई ध्यान दिने हो भने दिउसोको सम्भोग जत्तिको उत्तम केहीपनि हुन सक्दैन ।

विज्ञका अनुसार हप्ताका अन्य दिनमा कामकाजका कारण दिउसो सहवास गर्न सम्भव नहुने भएपनि कम्तिमा विदाको दिन दिउसो ३ बजेको समय निकालेर सहवासमा संलग्न भएर चरम यौन आनन्दको अनुभुति गर्न पनि विज्ञले सल्लाह दिएकी छिन् । डेलीमेलको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment