Comments Add Comment

६ दिनदेखि हिमपहिरोमा पुरिएका सेना जीवितै भेटिए

baraf२६ माघ, काठमाडौं । छ दिन पहिला हिमपहिरोमा पुरिएका एक भारतीय सेनाको जीवित अवस्थामा उद्धार गरिएको छ ।

बीबीसीका अनुसार लस नायक हनमनथप्पा लभगभ ६ हजार मीटर उचाइको सियाचिन हिमपहिरोमा आठ मीटर बर्फको भित्र फसेका थिए । उनको अवस्था गम्भिर रहेको भारतीय सेनाले जनाएको छ ।

६ दिन पहिला भारत प्रशासित काश्मिरी इलाकाको हिमाली क्षेत्रमा हिमपहिरोमा परी १० जना सैनिक बेपत्ता भएका थिए ।

हनमथप्पाका अलावा भारतीय सेनाका अन्न नौ अन्य जवान पनि बर्फमा फसेका थिए उनीहरुको पहिल्यै मृत्यु भइसकेको थियो । तीन दिन पहिला सेनाले हिम पहिरोमा परेका आफ्ना जवानहरु जीवित रहेको संभावनालाई छाडेको थियो ।   यस घटना पछि सियाचित जस्तो दुर्गम स्थानमा सेना परिचालन आवस्यक छ कि छैन भन्ने बहस चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment