Comments Add Comment

कोइरालालाई दिने सम्मानबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाइयो

Sushil-Koirala

२६ माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

ओली कोइराला निवास महाराजगञ्ज पुगेका थिए । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको सोमबार राति १२ः ५० मा निधन भएको थियो ।

कोइरालाप्रति श्रद्धान्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले संविधान निर्माण र कार्यान्वयनमा कोइरालाले पुर्‍याएको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनका अनुसार कोइरालालाई दिने सम्मानबारे निर्णय गर्न १० बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment