Comments Add Comment

पाकिस्तानद्वारा नेपाललाई २५९ रनको चुनौति

Nepal-Cricket-team-2

२६ माघ, काठमाडौं । बंगलादेशमा जारी यु-१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर लिग प्लेअफ सेमिफाइनलमा अन्तर्गत पाकिस्तानले नेपालसामु २५९ रनको बिजयलक्ष्य प्रस्तुत गरेको छ ।

फतुल्लाहस्थित खान साहेव ओस्मान अली रंगशालामा टस जितेर बलिङ गरेको नेपालले उत्कृष्ट सुरवात गरेपनि त्यसलाई निरन्तरता दिन नसक्दा ठुलो योगफल पछ्याउन बाध्य रहृयो ।

मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि निर्धारित ओभरमा पाकिस्तानले ८ विकेट गुमाएर २५८ रनको योगफल बनाएको हो ।

नेपालले सुरुवाती १० ओभरमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।  नेपालका सुरवाती बलर आरिफ शेखले पाँच ओभरभित्र पाकिस्तानका दुई ओपनरलाई खाता खोल्नै नदिई पेविलियन फर्काएका थिए ।

१४ औं ओभरको दोस्रो बलमा दिपेन्द्रसिंह ऐरीले तेस्रो विकेट लिंदा पाकिस्तानले ३० रन जोडेको थियो ।

तर चौथो विकेटका लागि पाकिस्तानका सईव बादर र हसन मोसिनले १८९ रनको उत्कृष्ट साझेदारी गरेपछि पाकिस्तानले खेलमा पकड जमायो ।

पाकिस्तानका हसनले ११७ र बादरले ८८ रनको उत्कृष्ट पारी खेले ।

नेपाली बलिङ आक्रमणको मेरुदण्ड मानिएको स्पिनरहरुले मध्यम ओभरमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । यद्यपी कीर्तिमानी नेपाली स्पिनर सन्दिप लामिछानेले तीन विकेट लिए । तीनै विकेट उनले इनिङको अन्तिम पाँच ओभरमा लिएका थिए । त्यस्तै सुशील कँडेलले पनि एक विकेट लिए ।

पाकिस्तान र नेपालबीचको जारी खेल विश्वकप अन्तर्गतको प्लेअफ सेमिफाइलको खेल हो । विश्वकपको सेमिफाइनलमा समिकरण पूरा भएपछि अन्तराष्ट्रिय क्रिकेट परिषद आइसिसीलेे पाँचौं स्थानका लागि प्लेअफ सेमिफाइनको ड्र सार्वजनिक गरेको थियो ।

प्लेअफ सेमिफाइलनमा नेपालले पाकिस्तान तथा नमिबियाले इंग्ल्याण्डसँग खेल्ने छन् ।  सेमिफाइनलमा विजेता दुई टोलीले पाँचौं स्थानका लागि खेल्ने छन् । पराजित हुने टोलीले सातौं र आठौं स्थानका लागि खेल्ने छन् । इंग्ल्याण्ड र नामिबियाबिचको सेमिफाइनलप्लेअफ खेल  बुधबार खेलिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment