Comments Add Comment

संविधान जारी हुनुमा सुशीलको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री ओली

Kp Oli_1 (1)२६ माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सशिल कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा असाधारण योगदान पुर्याएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार विहान कोइराला निवास पुगेर श्रद्धाञ्जली व्यक्त गर्दै कोइरालाले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान प्रसंशा र सम्मानयोग्य भएको बताएका हुन् ।

उनले कोइरालाको दृढ अठोटका कारण नै असोज ३ गते संविधान जारी गर्न सम्भव भएको भन्दै कोइरालाप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न संविधानको कार्यान्वयनमा सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए ।

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले कोइरालाका आकांक्षा पूरा गर्ने दायित्व आफुहरुको काँधमा आएको भन्दै दायित्व पूरा गर्ने मामिलामा नचुक्ने बताए । उनले कोइरालाको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गर्न काँग्रेसले मुख्य भूमिका निर्वाह गर्ने वताए ।

उनले कोइरालाको लोकतन्त्रका लागि कसैसँग सम्झौता नगर्ने स्वभाव तथा इमान्दारी र सादा जीवनबाट सबैले पाठ सिक्नुपर्ने पनि बताए ।
श्रद्धाञ्जलीका लागि कोइराला निवास पुगेका सबैजसो दलका नेताले कोइरालाको सादा जीवनको प्रसंशा गरेका छन् ।

उनीहरुले महत्वपूर्ण पदमा पुगेर पनि सम्पतिका लागि आशक्ति नदेखाउनु सबैका लागि अनुकरणीय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment