Comments Add Comment

दिवंगत पूर्वप्रधानमन्त्री कोइरालाको भोलि अन्त्येष्टि गरिने

Sushil-Koirala

२६ माघ, काठमाडौं । नेपाली कांग्रेससका दिवंगत सभापति एवं पूर्व प्रधानमन्त्री सु्शील कोइरालाको भोलि बुधबार मात्र अन्त्येष्टि गरिने भएको छ ।

कांग्रेस केन्द्रीय समितिको मंगलबार बसेको आकस्मिक बैठकले कोइरालाको पार्थिव शरीर श्रद्धान्जलीका लागि रंगशालामा राख्ने निर्णय गरेको छ । भोलि बुधबार २ बजेसम्म रंगशालामैै राख्ने र शवयात्रापछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने निर्णय भएको छ ।

परिवारको सहमतिमा विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने निर्णय भएको नेता महेश आचार्यले जानकारी दिए ।

कांग्रेसले कोइराला निष्ठावान नेता भएको र उनलाई निष्ठाको राजनीति गर्ने अभिभावक रुपमा लिने बताएको छ । कोइरालाको गएराति १२ः५० मा निधन भएको थियो ।

कांग्रेसले फागुन ९ गतेसम्म महाधिवेशनसम्वन्धी सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । मतदान भैसकेका जिल्ला अधिवेशनहरु भने रोकिने छैनन् ।

साथै पार्टीको झण्डा आधा झुकाउने भएको छ । यस्तै ३ गतेसम्म पार्टी र भ्रातृ संगठनका सबै कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment