Comments Add Comment

प्रवाशीको नेपालीको संगीतमोह

sumanकाठमाडौं । गीत सङ्गीतलाई माया गर्ने मान्छेले आफू जे जस्तो स्थितीमा भए पनि सांगीतिक कर्म छाड्दैन भन्ने उदहारण पेश गरेका छन् अमेरिकामा वस्दै आएका गीतकार तथा साहित्यकार सुमन योन्जनले ।

विगत ८ बर्षदेखि स-परिवार अमेरिका वस्दै आएका योन्जनले नेपाली कला सस्कृतिको जगेर्ना गरीरहेका छन । पछिल्लो समय अमेरिकाम बसेकै बेला निकालिएको ‘सरगम’ नामको गीत एल्बमले दर्शन स्रोताको मन जितेपछि उनी अहिले दङग छन । योन्जनका गीतहरुमा नेपालका चर्चित गायक गायिका दीप लिम्बु, स्वरुपराज आचार्य, जगदिश समाल, रोशन गुरुङ, प्रमोद खरेल, रेजिना रिमाल, राजेश पायल राई लगायतले स्वर दिएका छन ।

प्रवासमा रहेर दुई दर्जन भन्दा बढी गीत लेखीसकेका योन्जनले भर्खरै मात्र सुस्त पवन भन्ने गीतको भिडियो बजारमा ल्याएका छन । जोस पण्डेको निर्देशन रहेको सो भिडियोबाट आफुले निकै आश गरेको गीतकार योन्जनले बताए ।

नाटय लेखनमा समेत दख्खल राख्ने योन्जनको ‘मात्रृभूमिलाई लासको कोसेली’ नामक नाटक नेपाली दर्शकले निकै मन पराएका थिए ।

सामाजिक सेवामा समेत सक्रिय योन्जनले नेपालमा भुकम्प गएको वेला केही आर्थिक सहयोग गरेका थिए । बिदेशी भुमिमा मात्रृभूमि र सस्कृतिप्रतिको माया झन प्रगाढ भएको अनुभव सुनाउछन । उनी दर्शक स्रोतामाझ चाँडै मोनिका नामक अर्को एल्बमका साथ उपस्थित हुँदैछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment