Comments Add Comment

सेन्सरमै रुवायो आर्यन-नम्रताको ‘क्लासिक’ले

aaryan-and-namrata-in-classic
चलचित्र ‘क्लासिक’को सोमबार बेलुका सेन्सर भयो । चलचित्र सेन्सर बोर्डबाट यो चलचित्रलाई ‘यूनिभर्सल’ सर्टिफिकेट दिइएको छ । यो चलचित्र हेर्न हरेक वर्गका दर्शकले पाउनेछन् ।

सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । आउँदो शुक्रबार अर्थात माघ २९ गतेबाट यो चलचित्र देशव्यापी रुपमा रिलिज हुनेछ ।

गीतसंगीत, ट्रेलर र कलाकारका कारण पनि यो चलचित्र अहिले सर्वाधिक चर्चामा छ । चलचित्र हेर्दा सेन्सरका सदस्यहरुको आँखा आँशुले भरिएको थियो । निर्माता सुवास गिरीले सेन्सर बोर्डका सदस्यहरुबाट पाएको प्रतिक्रियाले झनै उत्साह बढेको बताए ।
चलचित्रको बिषयवस्तुले मानिसको मनमा छुने भन्दै उनले दर्शकलाई पनि चलचित्र मनपर्ने बताए ।classic-certificate

आर्यन सिग्देल, नम्रता श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, राजेश श्रेष्ठको छायांकन, छेतन गुरुङको कथा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment