Comments Add Comment

कांग्रेसमा विचलनको दिन आउन लाग्योः गुरुङ

Kul-Bahadur-Gurung

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले कांग्रेसमा वीपीले भनेजस्तो विचलनको दिन आउन लागेको बताएका छन् ।

वीपीले कांग्रेसमा एक दिन विचलनको अवस्था आउँछ भनेको स्मरण गर्दै गुरुङले सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनले त्यही दिनको संकेत गरेको बताए ।

पार्टी कार्यालय सानेपामा मंगलबार बिहान नेता गुरुङले भने, महाधिवेशन प्रतिनिधिहरुले विगतको इतिहास र विरासत जोगाउने नेतृत्व चयन गर्न सकेन र शोकलाई शक्तिमा बदलेन भने वीपीले भनेको विचलनको दिन आउँछ ।’

कांग्रेस युवा नेता गगन थापाले संविधान बनाएका कोइरालाले कार्यान्वयन गर्न नपाएको बताए । अब त्यो जिम्मेवारी कांग्रेस नेताहरुको भएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment