Comments Add Comment

ओ झुमा झुम्कावालीसँगै झुम्यो क्वालालम्पुर

malaysiaरामचन्द्र नेपाल

मलेसियामा रहेका नेपाली यतिबेला सांगीतिक प्रस्तुतिमा झुमेका छन् । तिबेला दुई दर्जनभन्दा धेरै नेपाली कलाकार मलेसियामा छन् ।

क्वालालम्पुरमा सोमबार भएको फ्रेन्डसिप धमाका- ७ मा गायक प्रमोद खरेल जब स्टेजमा उक्लिए, उनको क्रेज मलेसियामा कति रहेछ भनेर ठम्माउन कसैलाई गाह्रो भएन । उसले जति माया, मबिना कसैकसैलाई मुस्किल छ पोखरामा, देऊ माया देऊ आदि गीतमा नचाएर दर्शकलाई उनले मोहित पारिसकेका थिए ।

त्यसपछि प्रमोदले भनेँ, ‘नेपालमा ओ झुमा झुम्कावाली गीत गाउँदा धुलो उड्थ्यो, यहाँ धुलो नउडे पनि पसिना झार्नुपर्छ ।’ उनले आफ्नो पछिल्लो चर्चित गीत ‘ओ झुमा झुम्कावालीलाई’ गाउन थालेपछि स्टेजअगाडि नाच्ने दर्शकलाई हटाउन आयोजकलाई हम्मे पर्यो ।

कार्यक्रममा नायिका रेखा थापाले आफैँले निर्माण तथा निर्देशन गरेको चलचित्र रामप्यारीको गीत गाइन् भने देशको राजनीतिक परिस्थितिले बिदेसिएका नेपाली छिटै नेपालमा भेट्न आतुर रहेको बताइन् ।

कार्यक्रममा अभिनेता सुनिल थापाले आफूले अभिनय गरेका चलचित्रका संवाद प्रस्तुत गरेका थिए । लोकगायिका अमृता लुगेली मगरले आफ्ना नयाँ तथा पुराना गीत गाइन् ।

यसैगरी, हास्य कलाकारद्वय किशोर भण्डारी र रेश्मा तिमिल्सिनाले देशको वर्तमान अवस्थाबारे चोटिलो व्यंग्य प्रस्तुत गरेका थिए । नृत्य निर्देशक शिव विक, नृत्यकार विशाल नेग र सुमित स्याङतान लगायतले आफ्नो प्रस्तुति राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment