Comments Add Comment

नाकाबन्दीको प्रभाव देखियो युनिलिभरमा, नाफा २८.८३ प्रतिशतले घट्यो

२६ माघ, काठमाडौं । मुलुकमा लामो समयदेखिको तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण युनिलिभर नेपाको कारोबार प्रभावित भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा २८.८३ प्रतिशतले घटेको छ ।

यस अवधिमा कम्पनीले १४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । कम्पनीले गत बर्ष सोही अवधिमा २० uniliver-nepal-ltd.करोड ८८ लाख रुपैयाँ कमाएको थियो ।

युनिलिभरको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ७ करोड ७९ लाख रुपैयाँ पुर्‍याएको छ । कम्पनीको कुल आम्दानी गत वर्ष तुलना भन्दा ५०.८५ प्रतिशतले घटेर ६६ करोड ३० लाख रुपैयाँमा खुम्चिन पुगेको छ । गत वर्ष कम्पनीले १ अर्ब ३४ करोड ९० लाख रुपैयाँ आम्दान गरेको थियो ।

यसैगरी कुल खर्चमा पनि ५५.८९ प्रतिशतले घटेर ४५ करोड २२ लाख रुपैयाँ पुगेको छ । जुन गत बर्षको सोहि अवधिमा १ अर्ब २ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले लगानी भने ४४ प्रतिशतले बढाएर १ अर्ब १९ करोड ३६ लाख रुपैयाँ पुर्‍याएको छ । कम्पनीको सञ्चालन मुनाफा गत वर्षको सेाही अवधिको भन्दा ३४.९० प्रतिशत घटेर २१ करोड ७ लाख रुपैयाँमा खुम्चिएको छ ।

कुल चालु सम्पतिमा २८.५० प्रतिशतले घटेर १ अर्ब २१ करोड ६२ लाख पुगेको छ । कुल चालु दायित्व ४.५४ प्रतिशतले घटेर १ अर्ब ५९ करोड २६ लाख पुगेको छ ।

कम्पनीको दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी १५३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२ सय ७१ रुपैयाँ रहेको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment