Comments Add Comment

बिहीबार ६१ देखि माथिका लटका बाइकको तेल भर्ने पालो (पम्पको सूचीसहित)

Petrol Line (18)
२६ माघ, काठमाडौं । नेपाल आयल निगमले बिहीबार पनि काठमाडौं र आसपासका क्षेत्रमा निजी मोटरसाइकललाई पेट्रोल वितरण गर्ने भएको छ ।

बिहीबार ६१ भन्दा माथिका लटका मोटरसाइकललाई पेट्रोल वितरण गर्न लागिएको हो । यसअघिका लटका मोटरसाइकलले ४ लटमा पेट्रोल पाइसकेका छन् । सोमबार ४६ देखि ६० नम्बर लटका मोटरसाइकल र स्कुटरले तेल पाएका थिए ।

बिहीबार काठमाडौंका ४६ वटा पम्पबाट निजी मोटरसाइकल र स्कुटरले ५ लिटरका दरले तेल भर्न पाउनेछन् । टेकुको नेशनल ट्रेडिङ, सानेपाको इन्द्रायणी, बसुन्धराको महालक्ष्मी र हल्चोक पम्पबाट बिजोर नम्बरका ट्याक्सीले समेत तेल भर्न पाउने नेपाल आयल निगमले सूचना जारी गरेर जानकारी दिएको छ ।

यस्तै ठिमीको गुह्येश्वरी पम्पबाट हरियो नम्बर प्लेटका ट्याक्सीका लागि पेट्रोल  वितरण हुनेछ । पेट्रोल भर्न जाने सवारीको ब्लु-बुक अनिवार्य रुपमा नवीकरण भएको हनुपर्नेछ ।

बिहान ९ बजेदेखि नै पम्पहरुमा तेल वितरण सुुरु हने आयल निगमले निकालेको सूचनामा उल्लेख छ । बिहीबार वितरण हुने तेल बुधबार र्नै पम्पहरुमा पठाइनेछ ।

सोमबार निजी मोटरसाइकललाई पेट्रोल वितरण हुने पम्पको सूचीms-bike-28-1ms-bike-28-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment