Comments Add Comment

पाँचतारे सोल्टीको नाफा ७७ प्रतिशतले खुम्चियो

Soaltee Hotel

२६ माघ, काठमाडौं । पाँचतारे होटल सोल्टी क्राउन प्लाजाको नाफा ७७.३० प्रतिशतले घटेको छ । विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र तराई आन्दोलनले पर्यटन क्षेत्र सुस्ताएपछि सोल्टीको नाफा घटेको हो ।

सोल्टी होटलले पुस मसान्तसम्म दुई करोड ६५ लाख रुपैयाँमात्र नाफा कमाउन सकेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा सोल्टीले ११ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

पर्यटक आगमन स्वात्तै घट्नु, नाकाबन्दीका कारण तेल र ग्याँसको अभाव हुनु, बजारमा महंगी बढ्नु लगायतका कारणले सोल्टीको नाफा खुम्चिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment