Comments Add Comment

माउथ पब्लिसिटीले चलायो ‘पशुपति प्रसादलाई’

barsha-khagendra-and-dipendra
माघ १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पशुपति प्रसाद’को ओपनिङ सोचेजस्तो भएन । शुक्रबार र शनिबार ४५ लाख हारहारीको व्यापार गरेको यो चलचित्रको दोश्रो सातासम्म आइपुग्दा व्यापारमा उत्साहजनक उकालो लागेको छ ।

वितरक कम्पनी पपर्कनका अनुसार चलचित्रले दोश्रो शुक्रबार र शनिबार २५ लाखको ग्रस कलेक्शन गरेको छ । ओपनिङको दिन भन्दा दोश्रो शनिबारको व्यापार माथि रहेको पपकर्नका सदस्य माधव वाग्लेको भनाई थियो । दोश्रो शनिबारसम्म आइपुग्दा चलचित्रको व्यापार १ करोड ३० लाखको हारहारीमा देखिएको छ । पहिलो साता यसले १ करोड ६ लाखको व्यापार गरेको माधवको भनाई छ ।

निर्देशक दीपेन्द्र के खनालले नेपालबाट अब लगानी सुरक्षित भैसकेको बताए । सामाजिक संजाल र संचारमाध्यममा यो चलचित्रले उत्कृष्ट समिक्षा पाएको थियो । धेरै कम चलचित्रको मात्र सामाजिक संजालमा यस्तो चर्चा हुने गर्दछ, जुन चर्चा ‘पशुपति प्रसाद’ले कमायो ।

विदेशबाट कमाउने सबै रकम फाइदा भएको निर्देशकको दाबी छ । काठमाण्डौका मल्टिप्लेक्सले चलचित्रको व्यापारका लागि उच्च योगदान दिएका छन् ।

खगेन्द्र लामिछाने र बर्षा सिवाकोटीको मुख्य भूमिका रहेको यो चलचित्रलाई माउथ पब्लिसिटीले उकालो लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment