Comments Add Comment

सुन एकैदिनमा ताेलाकाे १ हजार रुपैयाँ महंगो, ५४ हजार पुग्याे

Gold-Shop
२६ माघ, काठमाडौं । मंगलबार सूनको मूल्य उच्च दरमा उकालो लागेको छ । आज सुनको मूल्य एकैपटक १ हजार रुपैयाँले महंगो भएको छ ।

आज सुन प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । बिवाहको सिजन चलिहरँदा सुनको मूल्य उच्च दरमा बढेको हो ।

साताको पहिलो दिन आइतबार सुन तोलाको ८ सय रुपैयाँले महंगिएको सुन सोमबार ३ सय रुपैयाँले सस्तिएको थियो । हिजो सुन तोलाको ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पनि बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाएपछि सुनको मूल्यमा वृद्धि हुने क्रम जारी छ ।  मंगलबार तेजावी सुनको मूल्य तोलको ५३ हजार ७ सय ५० रुपैयाँ पुगेको छ ।

आइतबार चाँदी पनि महंगिएको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँ बढेर ७ सय ३० रुपैयाँमा किनबेच भइहरहेको छ ।  यसअघि सोमबार चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment