Comments Add Comment

१२औं सागः नेपाललाई थप तीन पदक

२६ माघ, सिलोङ । भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को पाचौं दिन आज नेपालले थप तीन पदक जितेको छ । नेपालले उसुमा १ रजत तथा भारत्तोलन र टेबलटेनिसमा १/१ काश्य जितेको हो ।

SAG-1सिलोङमा आज भएको उसु तर्फको कुन्चुमा नेपालका विश्व बुढामगरले रजत पदक जितेका छन् । आज भएको फाइनलमा उनी भारतीय खेलाडी चिराग शर्मा भन्दा ०.३० अंकले पछि परेपछि रजतमा चित्त बुझाउनु परेको हो । मगरले ९.०१ अंक प्राप्त गरे भने स्वर्ण जितेका भारतका चिरागले ९.३१ अंक प्राप्त गरे ।

महिला ब्याटमिण्टनमा थप एक काश्य

यस्तै आज भएको टेबलटेनिस प्रतिष्पर्धामा नेपालले काश्य पदक प्राप्त गरेको छ ।

महिला तर्फको टिम इभेन्टमा भारतसँग भएको प्रतिष्पर्धामा नेपाल ३/० को सेटमा पराजित भएपनि काश्य प्राप्त गरेको हो ।

भारतले नेपाललाई ११-५, ११-६ र ११-७ ले पराजित गर्दै फाइनल प्रवेश गर्‍यो ।

भारत्तोलनमा तारादेवीलाई काश्य

नेपाली महिला भारत्तोलनकी स्टार खेलाडी तारदेवी पुनले भारतमा जारी १२औं सागमा भारत्तोलनको ७५ केजीमाथि तौल समुहमा काश्य पदक जितेकी छन् ।

ताराले स्न्याचतर्फ ७० र क्लिन एण्ड जर्कतर्फ ९५ केजी भार उठाउँदै काश्य जित्न सफल भएकी हुन् ।
तारा र बंगलादेशकी निशा खातुनले समान १६५ तोल उठाएपनि कम शारिरिक तौलको आधारमा तारले काश्य जितेकी हुन् ।

यस स्पर्धामा भारती सुनीला पावर र श्रीलंकाकी इशानी अनुस्का कालुथालन्थीले रजत पदक जिते ।

५० मिटर ब्याकस्ट्रोकमा गौरिकाको कीर्तिमान

१२औं सागमा नेपाली पौडीले निक्कै सफलता हात पारेको छ । १३ बर्षीया खेलाडी गौरिका सिंहले नेपाललाई यसअघि दुई काश्य दिलाइसकेकी छिन् ।

आज भएको हिट चरणमा ५० मिटर ब्याकस्ट्रोकमा गौरिका नयाँ राष्ट्रिय कीर्तिमान सहित फाइनलमा पुगेकी छन् ।

हिट चरणमा निर्धारित दुरी ३१.८७ सेकेण्डमा पुरा गर्दै गौरिकाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment