Comments Add Comment

सुशीलको निधनमा राष्ट्रपतिद्वारा शोक व्यक्त

Bidhya-Bhandari

२६ माघ, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले सम्पूर्ण जीवन नै लोकतन्त्र प्राप्ति, संरक्षण र सम्बर्द्धनमा समर्पित गरेका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

कोइरालालाई नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धाका रुपमा राष्ट्रपति भण्डारीले चित्रण गरेकी छन् । कोइरालाले जीवनपर्यन्त खलेको भूमिका सदा स्मरणीय रहने राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राजनीतिक समन्वय र सहकार्यमा जोड दिई संविधानसभाबाट संविधान जारी गर्न प्रधानमन्त्रीका हैसियतले स्वर्गीय कोइरालाले खेलेको भूमिकाको राष्ट्रपति भण्डारीले स्मरण गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment