Comments Add Comment

चीनले दिएन जोनको चलचित्रलाई छायांकनका लागि अनुमती

force 2
चीन सरकारले जोन अब्राहम अभिनित नयाँ चलचित्र ‘फोर्स २’ को छायांकनका लागि अनुमती नदिएको खबर सार्वजनिक भएको छ । चलचित्रको बिषयवस्तुका कारण अनुमती नदिइएको हो ।

बुढापेष्टमा चलचित्रको पहिलो छायांकन सकिएपछि यसको निर्माणपक्ष दोश्रो सेड्यूल चीनमा गर्न चाहन्थ्यो । तर, चीन सरकारले बिषयवस्तुका कारण जनाउँदै अनुमती नदिएपछि नयाँ स्थानको खोजी गरिएको छ ।

विभिन्न देशका गुप्तचर संस्थाको बिषयमा तयार भैरहेको यो चलचित्रमा चीनको कथा पनि समावेश गरिएको छ । यसैले यसको छायांकन चीनमा पनि गर्ने तयारी गरिएको थियो ।

चलचित्रका निमता विपुल शाहका अनुसार चीन सरकारलाई बिषयवस्तुको बारेमा वुझाउने काम भैरहेको छ । तर, उनका अनुसार चलचित्र छायांकनका लागि चीनले अुनमती दिने संभावना छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment