Comments Add Comment

तस्वीरमा सुशीललाई श्रद्धाञ्जली

Sushil Koirala Bidai (7)

२६ माघ, काठमाडौं । दिवंगत सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाइएको छ ।

सोमबार मध्यराति १२ः५० मा निधन भएका कोइरालाको पार्थिव शरीर विहान पार्टी कार्यालय सानेपा लगिएको थियो । जहाँ वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंहसहितका नेताहरुले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली दिएका छन् ।

Sushil Koirala all bida (2)

पूर्व राष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व सभामुख सुवास नेम्वाङले पनि कोइरालाप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

दिवंगत सभापतिप्रति श्रद्धान्जली अर्पण गर्न कांग्रेस नेता-कार्यकर्ता पनि सानेपा पुगेका थिए ।

पूर्वप्रधानमन्त्री कोइराालाको पार्थिव शरीरलाई अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको छ । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर कोइरालाप्रति श्रद्धान्जली अर्पण गरे । राष्ट्रपति विद्या भण्डारी, भारतीय विदेशमन्त्री सुष्मा स्वराज लगायतले पनि श्रद्धान्जली व्यक्त गरेका छन् ।

Shusil-Koirala bidai  (1)

Shusil-Koirala bidai  (2)

Shusil-Koirala bidai  (3)

Shusil-Koirala bidai  (4)

Shusil-Koirala bidai  (5)

Sushil Koirala Bidai (1) Sushil Koirala Bidai (3) Sushil Koirala Bidai (4) Sushil Koirala Bidai (8) Sushil Koirala Bidai (9) Sushil Koirala Bidai (12) Sushil Koirala Bidai (13) Sushil Koirala Bidai (15) Sushil Koirala Bidai (16) Sushil Koirala Bidai (17)

तस्वीरः कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment