Comments Add Comment

मोरङ कांग्रेसको नेतृत्वमा देउवा पक्षका लिम्बु निर्वाचित

२६,माघ, विराटनगर । नेपाली कांग्रेस मोरङको सभापतिमा देउवा पक्षका डिगबहादुर लिम्बु विजयी भएका छन ।

dig-bahadur-limbuहिजो साँझ भएको निर्वाचनमा ५९२ मत ल्याएर लिम्बु मोरङ कांग्रेसको नेतृत्वमा पुगेका हुन् ।

उनका निकटका प्रत्यासी मानसिंह राज भण्डारीले ३३६ मत पाएका थिए । अर्का प्रत्यासी केदार कार्कीले १९५ मातमात्र पाए ।

त्यस्तै सचिव पदमा नागेश कोइराला विजयी भएका छन । कोइरालाले ५सय १२ मत प्राप्त गरे भने उनका  प्रत्यासी मानबहादुर लिम्बुले २ सय ६६ मत प्राप्त गरे ।

कोषध्यक्षमा गोपाल थापा विजयी भए । थापाले ३ सय ५ मत प्रप्त गरे भने प्रत्यासी यज्ञ बहादुर कार्कीले दुई सय ८८ मत प्राप्त गरे । हिजोको मोरङ काग्रेसको पदाधिकारीको निर्वाचनमा एघार सय पचास मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment