Comments Add Comment

कांग्रेस महाधिवेशन नसर्ने, रामचन्द्र पौडेललाई कार्यवाहकको जिम्मा

२६ माघ, काठमाडौं । सभापति सुशील कोइराला निधनका बाबजुत नेपाली कांग्रेसले १३औं महाधिवेशन पूर्व घोषित मितिमै हुने भएको छ ।

ramchandra paudelकांग्रेस सभापति कोइरालाको सोमबार राति निधन भएको छ र कोइरालाको अन्त्येष्टि समेत भएको छैन ।

कोइरालाको निधनपछि उपसभापति रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको आकस्मिक बैठकले महाधिवेशन भने नसार्ने निर्णय गरेको छ । महाधिवेशनका लागि संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा दुबै पक्ष सहमत भएका छन् ।

एक केन्द्रीय सदस्यका अनुसार फागुन १ गतेबाट बाँकी क्षेत्र र जिल्लाको निर्वाचन कार्यक्रम सुरु हुनेछ । तराई मधेसका केही जिल्लामा क्षेत्रीय अधिवेशन हुन बाँकी छ, जसका कारण जिल्ला अधिवेशन पनि रोकिएको छ ।

तर, बाँकी जिल्लाको अधिवेशन भने भइसकेको छ र धेरैको परिणाम समेत आइसकेको छ । ‘१३ दिनको कार्यक्रम ९ गते सकिन्छ । त्यससपछि पार्टी त अगाडि बढाउनुपर्छ नै’ एक नेताले भने ।

उनका अनुसार १३ दिनसम्म पार्टीले औपचारिक कार्यक्रम गर्नेछैन । तर, १ गतेबाट चुनावको कार्यक्रम अघि बढ्नेछ । यसबारे निर्णय गर्ने सम्पूर्ण अधिकार निर्वाचन समितिलाई दिइएको छ ।

कांग्रेसको विधान अनुसार उपसभापति रामचन्द्र पौडेल स्वतः कार्यवाहक सभापति भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment