Comments Add Comment

पौडीमा गौरिकालाई तेस्रो काश्य

२६ माघ, काठमाडौं । १२औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पौडीमा नेपाली खेलाडी गौरिका सिंहले व्यक्तिगत तेस्रो काश्य पदक जितेकी छन् ।

Gaurika-Singhआज भएको स्पर्धामा महिलाको ४०० मिटर फ्रीस्टाईलमा गौरिकाले राष्ट्रिय कीर्तिमानसहित काश्य पदक जितेकी हुन ।

गौरिकाले निर्धारित दूरी ५ मिनेट ९७.९१ मिनेटमा पुरा गर्दै काश्यसहित शोफिया शाहको नाममा रहेको कीर्तिमान आफ्नो नाममा सारेकी हुन् ।

आर्चरीको व्यक्तिगत स्पर्धामा पहिलो पदक

त्यस्तै आार्चरीको व्यक्तिगत प्रतिस्पर्धामा नेपालले पहिलो पटक पदक भित्र्याएको छ । नेपालका प्रेमप्रसाद पुनले काश्य पदक जित्न सफल भए ।

तेस्रो स्थानको लागि भएको खेलमा पुनले श्रीलंकाका खेलाडीलाई ३/० को सेटमा हराएका थिए ।

टेवलटेनिसमा नन्दभाउजुलाई काश्य

त्यस्तै टेवलटेनिसमा नेपालले काश्य जितेको छ । महिला युगलतर्फ नविता श्रेष्ठ र एलिना महर्जनको जोडीले काश्य पदक जितेको हो ।  महिला युगलको सेमीफाइनलमा नन्दभाउजुको याे जोडी भारत संग पराजित भएको हो ।

नविता र एलिनाको जोडी भारत संग ११-५, ११-६ र ११-७ को सेटमा पराजित भएको हो ।

योसंगै नेपालको पदक सङ्ख्या १८ पुगेको छ । नेपालले १ स्वर्ण, ५ रजत र १२ काश्य जितेको  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment