Comments Add Comment

भारत यू-१९ विश्वकपको फाइनलमा

India u 19

२६ माघ, काठमाडौं । भारत यू-१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ९७ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत उपाधि नजिक पुगेको हो ।

मीरपुरमा पहिले ब्याटिङ गरेको भारतले २६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा श्रीलंका ४२.४ ओभरमा १७० रन जोड्दा अलआउट भयो ।

उसलाई सस्तैमा समेट्ने क्रममा भारतका मयांक डगरले ३ र आभास खानले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६७ रन बनायो । उसका लागि अनमालपि्रत सिंहले ७२ रन बनाए भने सर्फराज खानले ५९ रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment