Comments Add Comment

कोइरालाको निधनले मुलुकलाई अपुरणीय क्षतिः निजी क्षेत्र

FNCCI
२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइराला निधनले निजी क्षेत्रलाई स्तब्ध बनाएको छ ।
निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले विज्ञप्ती जारी गरि नेपालको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेर असाधरण योगदान पुर्याएका कोइरालाको निधनले अपुरणीय क्षति पुगेको भन्दै निजी क्षेत्र स्तब्ध भएको जनाएका छन् ।

७६ वर्षको उमेरमा कोइरालाको सोमबार राति निधन भएको थियो ।  ‘कोइरालाकै कार्यकालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई गणतन्त्र संस्थागत गर्न पुर्याएको योगदानको निजी क्षेत्रले उच्च प्रशंसा गर्दछ’ महासंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

निजी क्षेत्रका हिमायती कोइराला मुलुकको आर्थिक विकासका लागि सधै चिन्तित भएको महासंघको ठहर छ । ‘निजी क्षेत्रसँगको हरेक भेटघाट र बैठकमा कोइरालाले मुलुकको आर्थिक विकासमा लाग्न निजी क्षेत्रलाई सदैव प्रेरित गर्नुहुन्थ्यो । एकता, सहमती, सहकार्य र मेलमिलापको राजनीतिमा सदा जोड दिनुहुंने कोइराला त्यसैलाई अनुशरण गरि मुलुकलाई अगाडी बढाउनु पर्नेमा सदैव लागिरहनु भएको थियो’ विज्ञप्तीमा उल्लेख छ ।

महासंघका अनुसार कोइरालाको दृढताले मुलुकमा नयाँ संविधान जारी भएको र उक्त संविधानलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने जिम्मेवारी अव राजनीतिक दलका शीर्षस्थ नेताहरुको काँधमा आएको छ ।

खुलाबजार र उदार अर्थतन्त्रका पृष्ठपोषक कोइराला सधैं निजी क्षेत्रमार्फत मुलुकमा दीगो विकास सम्भव छ मान्यता राख्ने स्मरण गर्दै चेम्बर अफ कमर्शले निजी क्षेत्रका समस्या र समाधानको लागि उनको प्रेरणादायी भूमिका निजी क्षेत्रले सँधै सम्झिरहने प्रण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment