Comments Add Comment

नयाँ आयामको फोर्ड एन्डेभर गाडी नेपालमा, के छन् विशेषता ?

Ford_Endeavour-3
२६ माघ, काठमाडौं । जीओ फोर्डले नयाँ आयामको फोर्ड एन्डेभर गाडी भोलि बुधबारदेखि नेपाली बजारमा ल्याउने भएको छ । भारतीय बजारमा भर्खरै प्रवेश भएको एसयुभी फोर्ड एन्डेभर नयाँ गाडीको बिक्री नेपालमा पनि सुरु हुने भएको हो ।

नेपालमा पनि छोटो समयमा लोकप्रिय हुने विश्वासमा सयसको बिक्री सुरु हुन लागेको छ ।  यो गाडीमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । यसको डिजाइन आकर्षक र क्षमता उत्कृष्ट छ ।

यसअघिका फोर्ड गाडीको बनौट र क्षमतामा थप स्तरीकण्रा गरेर स्तरीय प्रविधि सहित नयाा गाडी तयार पारिएको हो । सीटको सजिलोपना, फोर हृवील ड्राइभ, चालकमैत्री फ्रन्टसीटका साथै आकर्षक बडी यसको मूल विशेषता रहेको जीओ फोर्डले जनाएको छ ।

Ambiente-light-RTH_hig
नयाँ फोर्ड एन्डेभर २.२ र ३.२ लि इन्जिनमा उपलब्ध छ । गाडी कम इन्धन उपयोग हुने गरी बनाइएको छ । नयाँ फोर्ड एन्डेभरमा ७ वटा एयरब्याग राखिएको छ ।

यसमा चालकको घुँडाको लागि पनि एयरब्याग राखिएको कम्पनीले जनाएको छ ।  नयाँ फोर्ड एन्डेभर ६ विभिन्न किसिमका रंगमा आएका छन् ।

सनसेट रेड, ग्रोल्डेन ब्रन्जडाइमन्ड ह्वाइट,  प्यान्थर ब्ल्याक,  मुन्डस्ट सिल्भर र स्मोक ग्रेमा  मा उपलब्ध छ । कम्पनीले गाडीकाे मूल्य भने सार्वजनिक गरेकाे छैन् ।

Ford_Endeavour-5

Ford_Endeavour-4

Ford_Endeavour-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment