Comments Add Comment

नारायणकाजीलाई स्वाइन फ्लू

२६ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशलाई स्वाइन फ्लू भएको पुष्टि भएको छ ।

Narayan-Kaji-Shresthaपूर्व परराष्ट्रमन्त्री श्रेष्ठ एक साताभन्दा लामो समयदेखि ज्वरोले थलिएका थिए । ज्वरो आएपछि टाइफाइडको आशंका गरिएको थियो ।

तर, सोमबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलामा र्‍याल परिक्षणपछि स्वाइन फ्लू भएको पुष्टि भएको हो ।

श्रेष्ठको घरमै उपचार भइरहेको छ र भेटघाटमा प्रतिवन्ध लगाइएको छ । सोमबारदेखि औषधि सुरु गरेको र स्वास्थ्यमा सुधार आएको श्रेष्ठका सहयोगी सुसन कर्माचार्यले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment