Comments Add Comment

रक्सौलबाट एकै दिन १३ लाख लिटर तेल भित्रियो

Birgung-naka

२६, माघ काठमाडौं । भारतीय आयल कर्पोरेशन (आईओसी) को रक्सौल डिपोले मंगलबार १३ लाख १० हजार लिटर तेल दिएको छ । रक्सौल डिपोले ८३ वटा ट्यांकरमा तेल लोड तेल लोड दिएको हो ।

मंगबलार रक्सौल डिपोबाट पेट्रोल मात्रै ३ लाख लिटर लोड दिएको छ । १७ वटा ट्यांकर रक्सौलमा तेल लोड गरेर वीरगञ्ज आएका छन् ।

यसैगरी ५१ वटा ट्यांकर डिजेल छ । आईओसीले मंगलबार रक्सौलबाट ७ लाख ३४ हजार लिटर डिजेल दिएको छ ।
यसैगरी ३ वटा ट्याकंरमा ३६ हजार लिटर मट्टतेल पनि लोड भएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखरलाई जानकारी दिए ।

यसैगरी नेपाली ट्यांरले रक्सौलबाट २ लाख ४० हजार लिटर हवाइ इन्धन पाएका छन् । १२ वटा ट्यांकरमा हवाइ इन्धन लोड भएको छ । लोड पाएका अधिकांश ट्यांकर वीरगञ्ज आइसकेका छन् ।

आयल निगमले एक सातापछि नियमित रुपमा पेट्रोल पम्पबाटै तेल दिने तयारी गरिरहेको छ । भोली रक्सौलबाट तेलको लोडिङ थप बढ्ने प्रवक्ता घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment