Comments Add Comment

१२औं सागको महिला भलिवलमा नेपाललाई कांस्य

२६ माघ, सिलोङ । १२औं सागमा नेपाली महिला भलिबल टोलीले कांस्य पदक जितेको छ ।

इन्दिरा गान्धी स्टेडियमको कोर्टमा मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँंदै कांस्य पदक जितेको हो । माल्दिभ्सबिरुद्ध हावी देखिएको नेपालले २५-२०, २५-१३, २५-१४ को नतिजा निकालेको थियो ।

नेपाली महिला भलिबल टोलीले सागमा कांस्य पदक जितको यो दोस्रो पटक हो । यसअघि नेपालले कोलम्बोमा सन् २००६ मा सम्पन्न १० औं संस्करणमा कांस्य पदक जितेको थियो ।

नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले श्रीलंकासँगको हारले गर्दा नेपालले फाइनल यात्रा चुकाएकोे बताए । उनले भने, ‘समग्रमा महिला भलिबल टोलीको प्रर्दशन उत्कृष्ट प्रदर्शन गरेको छ ।’

पुरुष भबिलमा भने नेपाल यसअघि नै बाहिरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment