Comments Add Comment

नाका खुल्यो, कोलकता बन्दरगाहमा अझै अवरोध

२७ माघ, काठमाडौं । भारतले लगाएको नाकाबन्दी खुले लगत्तै नेपालतर्फको ढुवानीमा अर्को समस्या देखिएको छ ।

bandargahaभारतको कोलकता बन्दरगाहबाट हुने ढुवानी रोकिएको आजको अभियान दैनिकमा समाचारछ । कोलकता बन्दरगाहमा सडकमार्गका लागि ट्रक ट्रेलर उपलब्ध गराउँदै आएका इण्डो नेपाल ट्रक ट्रेलर एशोसिएसनले त्यहाँको राजनीतिक संरक्षमा नेपाल तर्फको सडक ढुवानी ठप्प पारेको हो ।

भाडा र जरीवाना रकम बृद्धिका लागि दबाव दिन २ दिनदेखि ढुवानी अवरुद्ध पारेको हो । कोलकतास्थित दूतावासका निमित्त महावाणिज्यदूत सुरेन्द्र थापाले ट्रक र कन्टेनर ढुवानीकर्ताले बन्दरगाहबाट कन्टेृनरको ढुवानी बन्दगरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment