Comments Add Comment

इजरायलमा फेरि खुल्यो ‘केयर गिभर’

२७ माघ काठमाडौं । कोरिया जान नसक्ने अनि गल्फ र मलेसिया सुरक्षित नठान्ने नेपाली महिला कामलदारका लागि अब इजरायल राम्रो बिकल्प बन्दै छ ।

isral-mapबुझेर उपयुक्त तालिम र भाषाको तयारी गरे कम शुल्कमा नै जान सकिने गरी सरकारले इजरायल रोजगारीको तयारी गरिरहेको आजको कारोबार दैनिकमा समाचार छ ।

त्यसमा पनि इजरायल सरकारले मागेको ८० प्रतिशत महिला हुनुपर्ने शर्त नेपाली महिला कामदारका लागि अझू ठूलो अवसर भएको छ । अधिकांश मागमा महिलालाई प्राथमिकता दिने बताएपछि त झन् इजरायल जाने हाोड नै चल्न थालेको छ अचेल ।

इजरायल सरकारले हालै नेपालबाट केयर गिभरका रुपमा नेपाली महिला कामदार छनोट गरी माग प्रक्रिया अघि बढाइसकेको छ । यसमा पुरुष भने थोरै छन् । अब इजरायल जान पाउने नेपाली महिलाले महिनाको १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment