Comments Add Comment

सांसदले जग्गा कब्जा गरेको आरेाप

Biplab-Jagga-kabja२७ माघ काठमाडौं । पर्साकी एक महिलाले कांग्रेस सांसद अनिल रुङ्गटामाथि करोडौं मूल्यबराबरको जग्गा कब्जा गरेको आरोप लगाएकी छन् ।

पर्सा चोर्नी गाविस ८ मा रहेको जगदम्बा इन्टरप्राइजेज लिमिटेड उद्योगका सञ्चालक समेत रहेका रुङ्गटाले उद्योगछेउको आफ्नो २ बिघा१८ कट्ठा जग्गा किर्ते र फर्जी कागजातका आधारमा अतिक्रमण गरेर जबर्जस्ती कब्जामा लिएको आरेाप सरिता सिंहले मंगलबार पत्रकारसम्मेलन मार्फत लगाएको आजको अन्नपूर्णमा समाचार छ ।

चोर्नी ८ कै स्वर्गीय वीरेन्द्रप्रसाद सिंहकी श्रीमती सरिताले मोहीबापत आफ्नो ससुरा जगरनाथ सिंहले २०५० सालमा प्राप्त गरेको जग्गा सांसद रुङ्ठटाले कब्जामा लिएको अारोप लगाएकी हुन् । सांसद रुङ्गटाले कब्जामा लिएको जग्गाको मुल्य करिब आठ करोड ७० लाख रेहेको सरिताको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment